नेभिगेशन
धर्म संस्कृति

नेता रहबर अन्सारीले गरे हनुमान मन्दिरको उद्‌घाटन, उनकै पहलमा भव्य मन्दिर निर्माणसँगै विशेष अनुष्ठान सम्पन्न

वीरगञ्जको भवानीपुरमा हनुमान मन्दिर निर्माणसँगै विशेष अनुष्ठान सम्पन्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरमा हनुमान मन्दिर निर्माण प्राण प्रतिष्ठा कार्य सम्पन्न भएको छ । तत्कालीन मधेश प्रदेशका पर्यटन मन्त्री रहबर अन्सारीको पहलमा मन्दिर निर्माण गरिएको हो ।

शुक्रबार विशेष अनुष्ठानसँगै विधिपूर्वक सम्पन्न भएको मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा स्थानीय समुदायको व्यापक सहभागिता रहेको थियो । दुई दिनसम्म चलेको धार्मिक अनुष्ठानले शान्ति, सहिष्णुता, र एकताको सन्देश दिएको छ ।

Hanuman-Mandir-Bhawanipur---Rastriya-sarokar-9-1737130901.jpg
प्रदेश सांसद अन्सारीले मधेश प्रदेशको पर्यटन मन्त्रालयमा कार्यरत रहँदा भवानीपुरका स्थानीयहरूको चाहनालाई सम्बोधन गर्दै मन्दिर निर्माणको पहल गरेका थिए । उनका अनुसार मन्दिर निर्माणले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई मजबुत बनाउँदै भाइचारा र एकताको प्रतीकको रूपमा भूमिका खेल्नेछ ।

Hanuman-Mandir-Bhawanipur---Rastriya-sarokar-5-1737130908.jpg
कार्यक्रममा स्थानीयवासीले सहकार्य र योगदानमार्फत मन्दिर निर्माण सफल भएको हाे । “यस मन्दिरले धार्मिक विविधता र सहिष्णुताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । हामी सबैले यसलाई शान्ति र मेलमिलापको केन्द्रका रूपमा विकास गर्नुपर्छ,” अन्सारीले समाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

Hanuman-Mandir-Bhawanipur---Rastriya-sarokar-8-1737130903.jpg
धार्मिक गतिविधिसँगै सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने यो प्रयासले क्षेत्रीय पर्यटनलाई पनि थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।

Hanuman-Mandir-Bhawanipur---Rastriya-sarokar-3-1737130911.jpg
Hanuman-Mandir-Bhawanipur---Rastriya-sarokar-2-1737130913.jpg
Hanuman-Mandir-Bhawanipur---Rastriya-sarokar-7-1737130904.jpg
 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update