नेभिगेशन
खेलकुद

वीरगंज गोल्डकप : सहलेश फुटबल क्लबको रोमाञ्चक जित (भिडियाे सहित)

वीरगंजमा जारी दोस्रो संस्करणको वीरगंज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा सहलेश फुटबल क्लब सिराहाले आफ्नो पहिलो जित निकालेको छ ।

शनिबारदेखि आदर्शनगर रंगशालामा जारी प्रतियोगितामा सहलेशले संकटा फुटबल क्लब, काठमाडौंलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलको ५ औँ मिनेटमा सहलेशका फोफानो ब्राहिमनले फ्रि बललाई सदुपयोग गर्न सकेनन् भने संकटाका गोलकिपर विशाल केसीले अर्को गोलको उत्कृष्ट बचाउ गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । निर्धारित समयभित्र गाेल रहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । 

टाइब्रेकरमा संकटाका कप्तान सुदिप गुरुङ, राजिव लोप्चन, ईसेरिङ लामा र सोम कर्लोसले गोल गरे भने राम थापाले हानेकाे बल नेट बाहिर पुगेकाे थियाे । सहलेशका खेलाडी एमबाउन अनिसेट, सुमित श्रेष्ठ, अमन लामा, शिसिस लेखी र जय गुरुङले सफल प्रहार गर्दै टिमलाई जित दिलाए ।

टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै सहलेशलाई जित दिलाएका गोलकिपर विशाल सुनार ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनले नगद १० हजारसहित शिल्ड प्राप्त गरे ।

भाेलि सोमबार नेपाल पुलिस क्लब र बागमती फुटबल क्लब, सर्लाही भिड्ने आयोजक भेट्रान्स सिटि क्लबले जनाएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप खेलकुद
Weather Update