नेभिगेशन
खेलकुद

नेपाल यू-१९ विश्वकपबाट बाहिरियो

मलेशियाको क्वालालम्पुरमा बुधबार सम्पन्न खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल आईसीसी महिला यू-१९ विश्वकपबाट बाहिरिएको छ ।

नेपाल अस्ट्रेलियासँग ८३ रनको फराकिलो अन्तरले पराजित भएको हो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आठ विकेट गुमाएर केवल ५६ रन मात्र बनाउन सक्यो। नेपालको लागि पूजा महतोले १८ रनको योगदान दिइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि हस्रत गिल, जुलिटी मोर्टन र लिली बसिङ्थवेटले दुई-दुई विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। क्लोई अन्सवर्थले पनि एक विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ६ विकेट गुमाएर १३९ रनको सम्मानजनक योगफल खडा गरेको थियो। अस्ट्रेलियाको लागि क्यामी ब्रेले ४५ रन, इलेनर ल्यारोसाले ३१ रन, हस्रत गिलले ३० रन र क्लोई अन्सवर्थले १६ रन बनाए ।

नेपालको बलिङतर्फ पूजा महतोले तीन विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिन् । सिमाना केसीले दुई विकेट र रिया शर्माले एक विकेट लिइन्। अन्य बलर भने महँगा सावित भए । समूह ‘डी’ मा रहेको नेपालले लिग चरणका तीनै खेलमा हार व्यहोरेको छ ।

यस समूहबाट अस्ट्रेलिया, बाङ्लादेश र स्कटल्यान्डले दोस्रो चरणमा स्थान बनाएका छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप खेलकुद
Weather Update