नेभिगेशन
खेलकुद

आर्मीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको फाइनलमा

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको सुपर-४ अन्तर्गत धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।

पहिले ब्याटिङ गरेको एपीएफले तीन विकेट गुमाउँदै ११५ रनको चुनौती प्रस्तुत गरेकाे थियाे । एपीएफका लागि राजमती ऐरीले सर्वाधिक ३५ रनको योगदान दिइन् भने कविता जोशीले ३४, इन्दु बर्माले १८ र ममता चौधरीले ११ रन जोडेकि थिइन् । बलिङतर्फ आर्मीका सुस्मिता भुसालले दुई विकेट हात पारिन् भने ईश्वरी विष्टले एक विकेट लिइन् । तर, अन्य बलर महँगा सावित भए ।

११६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीको प्रदर्शन कमजोर रह्यो । आर्मी ४६ रनमै समेटियो । आर्मीका लागि राधिका पुजाराले १७ रन र लक्ष्मी साउदले १० रन बनाउँदै दोहोरो अंक छुन सफल भए । तर, अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपीएफका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै आर्मीलाई दबाबमा राखे ।

रेखा रावलले चार ओभरमा एक मेडन राख्दै ११ रन खर्चिएर चार विकेट लिइन् । सबनम राईले दुई विकेट हात पारे भने इन्दु बर्माले एक विकेट लिइन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update