नेभिगेशन
खेलकुद

महिला टी-२०आई शृंखलामा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं — महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले १९ ओभरमै पूरा गरेको थियो ।थाइल्यान्डका लागि नन्नापट कन्चरोइन्काले सर्वाधिक ६० रनको उत्कृष्ट प्रदर्शन गरिन् । स्वानान खाइआटोले १४ रन तथा कप्तान नरुइमोल चाइवाइले १३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि मनिसा उपाध्यायले २ विकेट लिइन् भने कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले समान १-१ विकेट लिए ।

नेपालको ब्याटिङ प्रदर्शन

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।

  • कविता कुँवर – २५ रन
  • बिन्दु रावल – २५ रन
  • कप्तान इन्दु बर्मा – १५ रन

अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि नेपाल नेदरल्यान्ड्ससँग पनि पराजित भएको थियो ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप खेलकुद
Weather Update