औषधि व्यवस्था विभागले पर्सा जिल्लाका १ सय ४४ सहित देशभरका पाँच हजार तीन सय दुई वटा औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द गरेको छ ।
विभागका अनुसार खारेजी सूचीमा पर्सा जिल्लाका मात्रै एक सय ४४ वटा औषधि पसल तथा फार्मेसी परेका छन् । म्याद समाप्त भइसकेका ती पसलहरूले अब कानुनी रूपमा औषधि बिक्री वितरण तथा फार्मेसी सञ्चालन गर्न नपाउने विभागले स्पष्ट पारेको छ । विभागका अनुसार कानुनी म्यादभित्र नवीकरण नगरेपछि ती पसलहरूको सञ्चालन अनुमति स्वतः रद्द गरिएकाे हो ।
विभागले सबै सञ्चालकलाई आफ्नो दर्ता स्थिति तत्काल यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । साथै, औषधि बिक्री–वितरण गर्दा प्रचलित कानुन र विभागीय निर्देशन पूर्ण रूपमा पालना गर्न कडा निर्देशन समेत दिएको छ । विभागले म्याद समाप्त भइसकेका पसलहरूले अब कानुनी रूपमा औषधि कारोबार गर्न नपाउने स्पष्ट गर्दै जनस्वास्थ्यमा खेलबाड नगर्न चेतावनी दिएको छ ।
खारेज गरिएका पर्साका औषधि पसल तथा फार्मेसीहरूमा रेहाना मेडिकल हल, सुबोध मेडिकल, दिर्घायु फार्मेसी, तीर्था फार्मा प्रालि, नारायणी फार्मेसी प्रालि, वेलकेम ड्रग डिस्ट्रीब्युटर, जितेन्द्र मेडिकल हल, पियुष फार्मेसी, स्वास्थ्य नेपाल फार्मेसी प्रालि, अवधा भेटेनरी सप्लायर्स, शितल फार्मेसी, अशोकश्याम आयुर्वेद फार्मा, अक्षेयता फार्मेसी, हिमालयन फार्मेसी, अभिमन्यु मेडिकल हल, जगन्नाथ फार्मेसी, अग्रिम फार्मेसी, ग्रान्ड मेडिसिन्स, अद्वैता आयुर्वेदिक स्टोर, अफ्रिना मेडिकल हल, आरोही मेडिकल हल, सक्षम फार्मा, शोभा फार्मा, नन्दानी फार्मेसी
त्यसैगरी चरक आयुर्वेद औषधालय, रोशनी फार्मेसी, हेल्थ फर्स्ट फार्मा, दिबांश फार्मा ट्रेड कन्सर्न, येलिजा आयुर्वेद औषधालय, स्निज्जा फार्मेसी, त्रिशुल फार्मेसी, स्वदेशी फार्मेसी, ब्राइट फार्मा, गुराँस फार्मा, कुशल फार्मेसी, रिभाइभ आयुर्वेद फार्मेसी, आनिश भेट फार्मा, डन्कन मेडिकल स्टोर, जेनिथ फार्माकेम इन्डस्ट्रिज प्रालि, प्रकृति आयुर्वेद फार्मेसी, जेनो फार्मेसी, निको मेडिकल हल, पार्थ मेडिसेल्स प्रालि, त्रिदेवी मेडिसिन डिस्ट्रीब्युटर्स, राधेश्याम फार्मास्युटिकल्स, मैती होमियो फार्मेसी, सिद्धान्त आयुर्वेद फार्मा, अभिषेक मेडिकल हल, अंगिला फार्मेसी, दृश्य फार्मेसी, सिटिजन फार्मा, अद्विक फार्मेसी, वेल केयर फार्मेसी, मेडिकेयर फार्मा प्रालि, मेडिको लियाना मार्केटिङ प्रालि, यू मेड फार्मास्युटिकल्स, सत्यम फार्मा प्रालि, नमन आयुर्वेद फार्मा, साँचा फार्मास्युटिकल्स, स्ट्यान्डर्ड फार्मेसी, माहिरा फार्मेसी, मेडिलिङ्क फार्मा प्रालि, आइशा भेटेनरी, सहयोगी फार्मेसी, झौवागुढी भेट फार्मा, ड्रिम्स मेडिसिन डिस्ट्रीब्युटर, स्मृति भेट फार्मा, रिगल मेडिसिन डिस्ट्रीब्युटर्स, उपकार मेडिकल हल शाखा, विभान भेट फार्मा, होस्पिरा फार्मा प्रालि, सुरुची भेट फार्मा, नुबैद होमियो हल, गोल्डी मेडिकल हल, उदय होमियोप्याथी फार्मा, लोकप्रिय फार्मेसी, रामरहिम मेडिसिन सप्लायर, इशिता फार्मेसी, रघुपति फार्मेसी, आम्ना फार्मेसी,
त्यसैगरी अनुराग आयुर्वेद मेडिकल हल, स्पर्श फार्मेसी, अमर्त्यसेन फार्मास्युटिकल्स, इस्टर्न फार्मा, स्कट फार्मा, सुहैल फार्मेसी, जेम्सा भेट फार्मा, ललिता आयुर्वेद मेडिकल, देजी फार्म, दिवाकर होमियो फार्मेसी, परिभाष मेडिकल सेन्टर, निदान्ट फार्मा, आस्था मेडिसिन डिस्ट्रीब्युटर्स, आभा होमियो फार्मेसी, सिभिल फार्मास्युटिकल, शिवरात्रि फार्मास्युटिकल्स, रेडियन्ट फर्मुलेसन नेपाल प्रालि, इनोभेटिभ फार्मा, दाइभाइ मेडिकल हल, बिमल फार्मेसी, ठाकुर फार्मा, अर्बिस ल्याबोरेटोरिज प्रालि, जानकी मेडिकल हल, लोटस फार्मास्युटिकल्स प्रालि, रिपिडेस्क मेडिसिन डिस्ट्रीब्युटर्स, मेडपोइन्ट फार्मा, बिदिया फार्मेसी, रिलायन्स मेडिलिङ्क प्रालि, एक्टिभ फार्मा, एथिकेयर डिभिजन एपेक्स फार्मास्युटिकल्स प्रालि, कस्तुरी भेट लिंक, सोनी मेड कन्सर्न, अमृत आयुर्वेदिक मेडिसिन्स, ओम आयुर्वेद फार्मा, राजेश मेडिसिन्स प्रालि, आरआर मेडिको प्रालि, इशान्त भेट इन्टरनेशनल, शुभ लाभ फार्मा लिंक, उमंग फार्मा, शिवम् औषधि प्रालि, निरज फार्मास्युटिकल्स, लोक प्रिय पसल, रुङ्टा मेडिसिन डिस्ट्रीब्युटर्स, ताज मेडिकल हल, मनोहर आयुर्वेदिक स्टोर, विशाल मेडिकल हल, रहमानिया मेडिकल हल, पतञ्जली आयुर्वेद, झा मेडिकल हल, सुन्दर भेट फार्मा, बचहर मेडिकल हल, परिवर्तन मेडिकल हल, नव दुर्गा मेडिकल हल, अन्नपूर्ण भेट, संगीता मेडिकल हल, श्री मेडिकल हल, एम बी मेडिको, वीरगंज ड्रग हाउस, अग्रवाल मेडिकल स्टोर्स, जय अम्बे मेडिकल स्टोर्स, बन्सल फार्मा, अनिल मेडिकल हल, नेपाल ड्रग हाउस तथा महादुर्गा मेडिकल हल रहेका छन् ।
विभागले सम्पूर्ण औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था तत्काल यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ । साथै औषधि बिक्री वितरण कार्य सञ्चालन गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न कडा निर्देशन दिएको छ ।
कानुनी मापदण्ड पूरा नगरी औषधि व्यवसाय सञ्चालन नगर्न र जनस्वास्थ्यमा खेलबाड नगर्न विभागले सचेत गराउँदै अनुगमन तथा कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ ।