नेभिगेशन
स्वास्थ्य

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका जुनियर असिस्टेन्टलाई ६ महिना कैद

काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका बीपी मेमोरियल क्यान्सर अस्पतालका जुनियर असिस्टेन्ट मनसुन नेपाललाई विशेष अदालतले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार उक्त फैसला गरेको हो ।

मनसुन नेपालले ०७८ चैत २१ गते एसएलसी उत्तीर्ण भएको प्रमाणपत्र पेस गरी २०७९ असोज २८ मा बढुवा पाएका थिए । तर, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले उनको प्रमाणपत्रलाई ‘नट भेरिफाइड’ भनी सूचना पठाएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार दोषी ठहर गरिएको हो । 

इजलासले नेपाललाई ४०० रुपैयाँ क्षतिपूर्ति बुझाउन समेत आदेश दिएको छ, जसले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ (३) अनुसार व्यवस्था गरेको हो ।

Nakali-Saichik-pramanpatra-karwahi-1737658909.jpg


 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update