नेभिगेशन
अर्थ सरोकार

करदाता प्रोत्साहन उपहार कार्यक्रम: बिल प्रविष्टि गर्ने अन्तिम मिति असोज ३१

 आन्तरिक राजस्व विभागद्वारा पाक्षिक रूपमा सञ्चालन हुने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपन यही कात्तिक १ गते खोलिने तथा विजेताको घोषणा गरिने भएको छ ।

उल्लेखित अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरूले यही आश्विन ३१ गते शनिबारभित्र https://prize.ird.gov.np/ मा गई खरिद बिलको विवरण प्रविष्टि गरी उपहार कुपन प्राप्त गर्न सक्ने छन् ।

 

 

पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले सम्पूर्ण उपभोक्ताहरूले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिन तथा सबै व्यवसायीहरूले वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल/बीजक जारी गर्न विभागले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप अर्थ सरोकार
Weather Update