नेभिगेशन
अर्थ सरोकार

अमेरिकी डलर स्थिर, अन्य विदेशी मुद्रामा उतारचढाव

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर स्थिर रहे पनि अन्य विदेशी मुद्रामा उतारचढाव देखिएको छ ।

युरोपियन युरो र जापानी येनको मूल्य बढ्दा युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, र अन्य केही मुद्राको मूल्य घटेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६८ रुपैयाँ २९ पैसा तोकिएको छ । यस्तै स्वीस फ्र्याङ्कको खरिददर १४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७० पैसा र बिक्रीदर ८ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

थाई भाट एकको खरिददर ३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कले विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप अर्थ सरोकार
Weather Update