नेभिगेशन
अर्थ सरोकार

सुनचाँदीको मूल्यमा एकाएक गिरावट, सुन तोलामा ७ हजार ९ सयले घट्यो

निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य मंगलबार एकाएक भारी मात्रामा घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार तोलामा २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ रहेको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदी तोलामा ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ, जुन सोमबारको तुलनामा तोलामा ३ सय ५ रुपैयाँले कम हो। सोमबार चाँदी तोलामा ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप अर्थ सरोकार
Weather Update