नेभिगेशन
अर्थ सरोकार

१६ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण गरिएको छ । गत शुक्रबार सोही परिमाणको सुन २६८१ डलरमा कारोबार भइरहेको थियो । गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनको मूल्य रु १,६०० ले वृद्धि भएको छ । सोही परिमाणको चाँदीको मूल्य पनि रु १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुन रु १ लाख ५५ हजार ७०० मा कारोबार भएको छ ।

जबकि सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप अर्थ सरोकार
Weather Update