नेभिगेशन
खेलकुद

एनआई कप २०८१ सुरु, उद्घाटन खेलमा ग्लोबल बिजनेस कलेज विजयी

नेशनल इन्फोटेक कलेजको आयोजनामा वीरगन्जको नारायणी रंगशालामा एनआई क्रिकेट कप २०८१ सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा ग्लोबल बिजनेस कलेजले आयोजक एनआई कलेजलाई २६ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा एनआई कलेजले टस जितेर पहिले फिल्डिङ रोजेपछि ग्लोबल बिजनेस कलेजले निर्धारित १० ओभरमा ८३ रनको योगफल खडा गर्‍यो ।

८४ रनको लक्ष्य पछ्याउने क्रममा एनआई कलेजको टोली निर्धारित ओभरमा ५७ रनमै समेटियो । उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल बिजनेस कलेजले पहिलो खेलमा सानदार जित दर्ता गर्न सफल भएको हो ।

प्रतियोगितामा दोस्रो खेल वीरगन्ज कलेज र सेन्ट जेभियर्स कलेजबीच भइरहेको छ । आयोजकका अनुसार यो खेल १४ ओभरको हुनेछ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप खेलकुद
Weather Update