नेभिगेशन
अर्थ सरोकार

अमेरिकी डलरको मूल्यमा वृद्धि, अन्य विदेशी मुद्राको भाउमा सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

यसअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ २३ पैसा र बिक्री दर १३८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरोको खरिद दर १४३ रुपैयाँ ०६ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङको खरिद दर १६९ रुपैयाँ १५ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।

स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।

यसैगरी, केही विदेशी मुद्राको मूल्य स्थिर रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि यो विनिमय दरलाई मार्गदर्शनको रूपमा प्रस्तुत गरेको छ । बैंकहरूले आफ्नै नीति अनुसार विनिमय दर तोक्न सक्नेछन्। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध गराइएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप अर्थ सरोकार
Weather Update