नेभिगेशन
प्रदेश

उमा सिंह पत्रकारिता पुरस्कार अर्चना दर्जीलाई र लोकेन्द्र स्मृति पुरस्कार अरुण यादवलाई प्रदान

राजविराज । पत्रकार उमा सिंहको स्मृतिमा स्थापना गरिएको वातावरणीय पत्रकारिता पुरस्कार पत्रकार अर्चना दर्जीलाई प्रदान गरिएको छ । यस्तै, सप्तरीका पत्रकार अरुण यादवलाई लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

शुक्रबार राजविराजमा आयोजित कार्यक्रममा उच्च अदालत राजविराजका मुख्य न्यायाधीश वामदेव ज्ञवालीले दुवैजनालाई पुरस्कार प्रदान गरेका हुन् ।  

सिराहाकी पत्रकार उमा सिंहले धनुषामा बसेर पत्रकारिता गरेकी थिइन् । उनको २०६५ पुस २७ मा हत्या गरिएको थियो । उनको स्मृतिमा वातावरणीय पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । विकास र वातावरणसम्बन्धी अनुसन्धात्मक समाचार लेखनका लागि अर्चना दर्जीलाई यो सम्मान प्रदान गरिएको नेपाल पत्रकार महासंघ, सप्तरी शाखाले जनाएको छ ।  

सल्यानका पत्रकार लोकेन्द्र बुढाथोकी सप्तरीमा बसेर पत्रकारिता गरेका थिए । उनको ३१ वर्षअघि हत्या गरिएको थियो । पत्रकार बुढाथोकीको योगदानको कदर गर्दै लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।  

नेपाल पत्रकार महासंघ, सप्तरी शाखाले हरेक वर्ष यी पुरस्कारहरू प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update